काठमाडौं — बिहीबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि देखिएको छ। छापावाल सुनको नयाँ मूल्य तोलामा १ लाख ९२ हजार १०० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा ४०० रुपैयाँले बढी हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ७०० रुपैयाँ कायम थियो। त्यसैगरी, चाँदीको मूल्य पनि केही अंकले बढेको छ। बुधबार तोलामा २ हजार १४५ रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार तोलामा २ हजार १७० रुपैयाँ पुगेको छ।
बिहीबार सुन र चाँदीको मूल्य बढ्यो
बिहीबार सुन र चाँदीको मूल्य बढ्यो

तपाईको प्रतिक्रिया