नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार छापावाल सुनको मूल्य तोलामा ३,५०० रुपैयाँ घटेर १,८१,८०० रुपैयाँ पुगेको छ। यसअघि बुधबार यसको मूल्य १,८५,३०० रुपैयाँ थियो। यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बुधबार तोलामा १,९६० रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार घटेर १,९२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। यो मूल्य परिवर्तनको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा आएको गिरावट र अमेरिकी डलरको सापेक्ष नेपाली रुपैयाँको मूल्य वृद्धिलाई जनाइएको छ।
एकैदिन सुनको मूल्य तोलामा ३५ सय घट्यो
एकैदिन सुनको मूल्य तोलामा ३५ सय घट्यो

तपाईको प्रतिक्रिया