आज (मंगलबार) नेप्से परिसूचक १.०३ अङ्कले बढेर २,६११.४३ बिन्दुमा पुगेको छ। आज ३१८ कम्पनीका २ करोड ५ लाख ४२ हजार ७६४ कित्ता सेयर ८० हजार ५४ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम ८ अर्ब ७४ करोड ७६ लाख ६८ हजार ८४६ रुपैयाँ पुगेको छ।
आजको कारोबारमा जलविद्युत् समूह १.४०%, जीवन बीमा समूह ०.१३%, उत्पादन तथा प्रशोधन समूह ०.२९%, निर्जीवन बीमा समूह ०.५७% र व्यापार समूह २.०३% ले बढेका छन्। बाँकी सबै समूहका उपसूचकहरूमा गिरावट आएको छ। बैंकिङ समूह ०.३५%, विकास बैंक समूह ०.५०%, वित्त समूह १.२८%, होटल तथा पर्यटन समूह ०.३३% र लगानी समूह ०.४१% ले घटेका छन्। त्यस्तै, लघुवित्त समूह ०.३०% र म्युचुअल फन्ड समूह ०.१३% ले घटेका छन्।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। कारोबार रकमका आधारमा आज सबैभन्दा बढी कारोबार सानिमा माई हाईड्रोपावर लिमिटेडको भएको छ, जसको सेयर ९२ करोड ८९ लाख ६२ हजार ७६६ रुपैयाँ बराबरमा किनबेच भएको हो।
सेयर सङ्ख्याका आधारमा भने ङादी ग्रुप पावर लिमिटेडका १७ लाख ४७ हजार ५८१ कित्ता सेयर किनबेच भएका छन्।