काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार सञ्चालनमा कुनै समस्या नरहेको बताएका छन्। शुक्रबार बुढानीलकण्ठस्थित आफ्नै निजी निवासमा बसेको पार्टीको पदाधिकारी बैठकमा देउवाले समसामयिक विषयमा जानकारी दिँदै बाहिर हल्ला भएजस्तो कुनै समस्या नरहेको उल्लेख गरेका थिए।
बैठकमा सहभागी एक पदाधिकारीका अनुसार, देउवाले भनेका थिए, बाहिर सरकारमा समस्या छ भनेर हल्ला छ, तर त्यस्तो केही पनि समस्या छैन। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको निरन्तरताबारे कुनै समस्या सिर्जना नगरेको देउवाले सार्वजनिकरूपमा पनि बताउने गरेका छन्।