रास्वपा सभापति रवि लामिछानेले आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका छन्। सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार लामिछानेको निवेदन केहीबेरअघि दर्ता भएको हो। लामिछानेले संविधान र प्रचलित कानुन विपरीत आफूलाई थुनामा राखिएको भन्दै रिहाको माग गरेका छन्।
यसअघि उच्च अदालतको थुनासम्बन्धी आदेशविरुद्ध पनि उनले निवेदन दिएका थिए, जसमा सर्वोच्चले कैफियत प्रतिवेदन माग गरिसकेको छ।