वामपन्थी नेता प्रदीप नेपालको निधन

खोज समाचार
खोज समाचार
2025 May 6, Tuesday
📊 यो समाचारलाई अहिलेसम्म 1438 जनाले हेरेका छन्।
वामपन्थी नेता प्रदीप नेपालको मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ। ७१ वर्षीय नेपाल लामो समयदेखि अस्वस्थ थिए। पारिवारिक स्रोतका अनुसार दिवंगत नेपालले यसअघि नै आफूलाई पार्टीको झण्डा नओढाउन र श्रद्धाञ्जली सभा नगर्न अनुरोध गरेका थिए। त्यसअनुसार उनको शवमा
वामपन्थी नेता प्रदीप नेपालको निधन

वामपन्थी नेता प्रदीप नेपालको मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ। ७१ वर्षीय नेपाल लामो समयदेखि अस्वस्थ थिए।

पारिवारिक स्रोतका अनुसार दिवंगत नेपालले यसअघि नै आफूलाई पार्टीको झण्डा नओढाउन र श्रद्धाञ्जली सभा नगर्न अनुरोध गरेका थिए। त्यसअनुसार उनको शवमा पार्टीको झण्डा ओढाइने छैन। हिन्दू परम्पराअनुसार नै उनको अन्तिम संस्कार गरिनेछ। उनका भाइ समीर नेपालका अनुसार मंगलबारै अस्पतालबाट सिधै शवलाई पशुपति आर्यघाट लगिएको हो। नेता नेपालको अन्त्येष्टि विद्युतीय शवदाह गृहमा गरिनेछ।

प्रदीप नेपाल नेकपा एमालेका संस्थापक नेतामध्ये एक थिए। उनी विभिन्न समयमा मन्त्रीसमेत भएका थिए। पछिल्लो एक दशकदेखि भने उनी सक्रिय राजनीतिबाट टाढा थिए। नेकपा (एकीकृत) को स्थायी कमिटी सदस्य रहेका उनी पार्टी विभाजनपछि एमालेमा रहेका थिए, तर पार्टीमा सक्रिय भूमिका भने निभाएका थिएनन्।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: