एसिसी यू–१६ इस्ट जोन कपको सेमिफाइनल खेलमा नेपालले घरेलु टोली मलेसियालाई ९० रनमै समेट्दै फाइनल नजिक पुगेको संकेत दिएको छ। मलेसिया पहिलो ब्याटिङ गर्दै ४३.१ ओभरमै ९० रनमा अलआउट भयो। नेपाली बलरहरूको घातक प्रदर्शनमा अभय यादवले ४ विकेट लिए भने शुभम खनालले ३ विकेट लिए। बाँकी विकेटहरू पनि कसीका साथ लिइँदै मलेसियाको पारी समेटियो।अब नेपाललाई फाइनल प्रवेशका लागि मात्र ९१ रनको सामान्य लक्ष्य छ।
नेपाल यसअघि समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो। समूह चरणमा नेपालले जापान, सिंगापुर, इन्डोनेसिया र भुटानविरुद्ध एकपछिल्लो एक शानदार जित हात पार्दै अपराजित यात्रा तय गरेको थियो। त्यसैगरी मलेसिया समूह ‘बी’को उपविजेता बनेर सेमिफाइनलमा पुगेको थियो।आजै अर्को सेमिफाइनल खेल हङकङ र सिंगापुरबीच हुनेछ। स्मरण रहोस्, सन् २०२३ को संस्करणको फाइनलमा नेपालले मलेसियालाई २२१ रनको भारी अन्तरले हराउँदै उपाधि जितेको थियो। नेपालको फाइनल यात्रा दोहोरिने संकेत प्रबल बन्दै गएको छ।