चारदेशीय टी–२० श्रृङ्खलाको समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध नेपालले पहिलो विकेट लिएको छ। मिशन रोड मैदानमा टस जितेर बलिङ रोजेको नेपालले हङकङको पहिलो विकेट लिएको हो। ३.५ ओभरमा नेपालका नन्दन यादवले हङकङका अंशुमन रथलाई पेभिलियन फर्काएका हुन्। उनलाई रिजन ढकालले क्याच गरेका थिए। रथले १२ बलमा १७ रन बनाए। ४ ओभरको समाप्तिमा हङकङले १ विकेटको क्षतिमा ३६ रन बनाएको छ।
हङकङविरुद्ध नेपालले लियो पहिलो विकेट
हङकङविरुद्ध नेपालले लियो पहिलो विकेट

तपाईको प्रतिक्रिया