काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा अन्तर–संसदीय सभामुख सम्मेलन (IPU) का सहभागीहरूले शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा संसदीय कूटनीति र सहयोगमार्फत शान्ति र साझा समृद्धिलाई अघि बढाउन अनुभव आदानप्रदान गरिएको थियो।
प्रधानमन्त्री ओलीले साझा लक्ष्यका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा IPU सँग मिलेर काम गर्न नेपाल सरकार तत्पर रहेको बताए। यस अवसरमा मलेसियाली सांसदहरू दातुक विरा, डा.मोहम्मद हट्टा बिन एमडी रामली, रोड्जिया बिन्ती इस्माइल र सांसद दातुक ल्यारी सङ वेइ शियन, साथै जापानका IPU का सल्लाहकार मासाइची होरीलगायत अन्य सहभागी उपस्थित थिए।
नेपाली प्रतिनिधिको रूपमा IPU का नवनियुक्त महासचिव एकनाथ ढकाल, नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सचेतक सुनिता बराल र प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल सहभागी थिए।