भारतले मंगलबार राति पाकिस्तानमाथि गरेको हवाई आक्रमणपछि पाकिस्तानी सेनाले मृत्यु हुनेको अद्यावधिक विवरण सार्वजनिक गरेको छ। भारतीय सेनाले स्थानीय समयअनुसार राति १ः०५ देखि १ः३० बजेसम्म पाकिस्तानको सीमावर्ती क्षेत्रमा हवाई आक्रमण गरेको हो, जसलाई ‘अपरेसन सिन्दुर’ नाम दिइएको छ।पाकिस्तानी सेनाका प्रवक्ताले आक्रमणमा हालसम्म ३१ जनाको मृत्यु भएको र ५७ जना घाइते भएको जानकारी दिएका छन्। यसअघि २६ जनाको मृत्यु र ४६ जना घाइते भएको रिपोर्ट आएको थियो।
भारतले आक्रमणको कारण अझै स्पष्ट रूपमा सार्वजनिक नगरे पनि आतंकवादी लुकेर बसेको स्थानमा लक्षित आक्रमण गरिएको हुन सक्ने अनुमान गरिएको छ। यस घटनापछि दुवै देशबीच तनाव बढ्न सक्ने सम्भावना देखिएको छ। स्थिति तनावपूर्ण बनेकोले अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन आह्वान गरेका छन्।