भारतमा कोरोना भाइरसको संक्रमण फेरि फैलिन थालेको देखिएको छ। पछिल्लो २४ घण्टामा ६ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार, जनवरी २०२५ यता कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार नाघिसकेको छ।
विशेषज्ञहरूका अनुसार नयाँ भेरियन्टका कारण संक्रमणदर बढिरहेको छ। सरकारले नागरिकलाई सतर्क रहन, मास्क प्रयोग गर्न र आवश्यक खोप लगाउन आग्रह गरेको छ। स्वास्थ्य सतर्कता अपनाउन नसके महामारीको जोखिम फेरि बढ्न सक्ने चेतावनीसमेत दिइएको छ।