काठमाडौं- पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतले सिन्धु जल सन्धि उल्लंघन गर्दै सिन्धु नदीमा कुनै संरचना निर्माण गरे आक्रमण गर्ने चेतावनी दिएका छन्। २२ अप्रिल २०२५ मा भारत प्रशासित जम्मु–कश्मीरको पहलगाममा आतंककारी आक्रमणमा २६ पर्यटक मारिएपछि भारत–पाकिस्तान सम्बन्धमा चिसोपन बढेको छ।
उक्त आक्रमणमा पाकिस्तानको संलग्नता रहेको आरोप लगाउँदै भारतले पाकिस्तानविरुद्ध विभिन्न दण्डात्मक कदम चालेको छ, जसअन्तर्गत सिन्धु जल सन्धि निलम्बन गर्ने निर्णय पनि गरिएको हो। भारतले अब सिन्धु नदीको एक थोपा पानी पनि पाकिस्तान जान नदिने तयारी गरिरहेको चर्चा भइरहेका बेला पाकिस्तानी रक्षामन्त्री आसिफले भारतले यस्तो कदम चाल्न खोजेमा सैन्य जवाफ दिने धम्की दिएका हुन्।