राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई कर्मकाण्डी प्रक्रिया भएको टिप्पणी गरेका छन्। उनका अनुसार, यो दस्तावेज यथास्थितिलाई निरन्तरता दिने मात्र हो। ढकालले बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै भने, सरकारको नीति तथा कार्यक्रमको दस्तावेज यथास्थितिलाई निरन्तरता प्रदान गर्ने दस्तावेज हो। यो दस्तावेज अर्कमन्यतालाई स्वीकृति प्रदान गर्न, कर्मकाण्डी प्रकृयामा प्रस्तुत भएको दस्तावेज हो।
उनले आफूले दुई वर्षको नीति कार्यक्रममा राखेका धारणाहरू आज प्रमाणित भएको धारणा व्यक्त गर्दै, नीति कार्यक्रमका बुँदा नं. १३ देखि २१ सम्म कृषि क्षेत्रको विषयमा तय गरिएको नीतिहरूमा रस नरहेको छ,भने। ढकालले यसलाई निराशाजनक भन्दै, विगतको दुई वर्षको नीति कार्यक्रममा मैले राखेका धारणाहरू रेकर्डमा सुरक्षित छन्।
ती विषयहरू आज प्रमाणित भएका छन्। यो नीति कार्यक्रम बुँदा नम्बर १३ देखि २१ सम्म कृषि क्षेत्रको विषयमा तय गरिएको निराश नीतिहरू छन्। रस छैन,भने। यस घटनाले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको प्रभावकारिता र कार्यान्वयनमा थप प्रश्न उठाएको छ।