काठमाडौँ – प्रतिनिधि सभाको आइतबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। यसअघि, बैठकमा सांसदहरूले सरकारको नीति तथा कार्यक्रममाथि आफ्ना धारणा प्रस्तुत गरेका थिए। त्यसपछि, प्रधानमन्त्री केपी शर्मा ओलीले उठेका प्रश्नहरूको जवाफ दिएका थिए।
सभामुख देवराज घिमिरेले प्रस्तुत गरेका संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत गरेपछि नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख १९ गते संघीय संसदको दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। यसका प्रमुख अंशहरूमा पूर्वाधार सुधार, कर प्रणालीको संरचनागत सुधार, हरित ऊर्जा प्रवर्द्धन, डिजिटल बैंकिङको विकास, र पेट्रोलमा बायोइथेनोल मिसाउने नीति समावेश छन्।
नीति तथा कार्यक्रम पारित भएसँगै आजैबाट प्रतिनिधि सभामा प्रि–बजेट छलफल सुरू भएको छ। आगामी आर्थिक वर्षको बजेट २०८२/८३ को तयारीका लागि यस छलफललाई महत्त्वपूर्ण मानिएको छ।