पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अब आफूले पाउँदै आएको सरकारी सेवा–सुविधा वापत दिन लागेको संकेत गरेकी छन्। दुई कार्यकालसम्म राष्ट्रपति भइसकेकी भण्डारी पछिल्लो समय पुनः सक्रिय राजनीतिमा फर्किएकी छन्। नेकपा (एमाले) की पूर्व उपाध्यक्षसमेत रहेकी भण्डारीले पार्टीको साधारण सदस्यता नवीकरण गर्दै पुनः एमालेको राजनीतिक मूलधारमा फर्किने औपचारिकता पूरा गरिसकेकी छन्।
निकट श्रोतका अनुसार उनले हालै गृह मन्त्रालयमा पत्राचार गरेर राष्ट्रपति पदपछिको सुविधाबाट आफू अलग हुने प्रक्रिया अगाडि बढाएको जनाइएको छ। राष्ट्रपति पदको जिम्मेवारी सकिएपछि भण्डारी काठमाडौंको भंगालस्थित आफ्नो निजी निवासमा बस्दै आइरहेकी थिइन्। अब भने उनी पूर्णरूपमा सामान्य नागरिकका रूपमा राजनीतिक जीवनमा फर्कने संकेत देखिएको छ।