काठमाडौं, असार २८ – मङ्गलबारको तुलनामा बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु १ हजार ३०० ले बढेर रु १ लाख ९१ हजार ३०० पुगेको छ। त्यस्तै, चाँदीको मूल्यमा पनि रु १५ को वृद्धि भएको छ। अहिले चाँदीको प्रतितोला मूल्य रु २ हजार १६५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
महासङ्घले अन्तरराष्ट्रिय बजारको मूल्यलाई आधार मानेर स्वदेशी मूल्य निर्धारण गर्ने गर्दछ। अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन ३ हजार ३४१ अमेरिकी डलर मा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। सुनचाँदीको मूल्य लगातार घटबढ भइरहँदा उपभोक्ताहरू मूल्य स्थिरताको अपेक्षा गरिरहेका छन्।