काठमाडौं – भारत र पाकिस्तानबीच बढ्दो द्वन्द्वका कारण इन्डियन प्रिमियर लिग (IPL) एक हप्ताका लागि स्थगित भएको छ। भारतीय क्रिकेट बोर्ड (BCCI) ले यो निर्णय गरेको हो।
BCCIले एक विज्ञप्ति जारी गर्दै, हामीले IPL को आगामी एक हप्ताका लागि स्थगित गर्ने निर्णय गरेका छौं। यस निर्णयमा सबै फ्रेन्चाइज, साझेदार र प्रसारण संस्थासँगको छलफलपछि पुगिएको निष्कर्ष हो, भनिएको छ।
विज्ञप्तिमा थप भनिएको छ, क्रिकेटसँग राष्ट्रिय भावना जोडिए पनि राष्ट्र र राष्ट्रको सार्वभौमसत्ता र सुरक्षा प्रमुख रहेको छ।