काठमाडौं _नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा १ लाख ९० हजार रुपैयाँमा झरेको हो।
त्यसैगरी, चाँदीको मूल्य भने बढेको छ। महासंघका अनुसार सोमबार तोलामा २ हजार १५० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार तोलामा २ हजार १६५ रुपैयाँ पुगेको छ।