यू–१९ एसिया छनोटमा नेपालको लगातार तेस्रो जित, हङकङ चीनलाई ९ विकेटले हरायो

खोज समाचार
खोज समाचार
2025 April 16, Wednesday
📊 यो समाचारलाई अहिलेसम्म 1294 जनाले हेरेका छन्।
राजधानीमा जारी यू–१९ क्रिकेट विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित हात पारेको छ। बुधबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङ चीनलाई ९ विकेटले पराजित गर्दै रनरेटमा पनि उल्लेखनीय सुधार गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको
यू–१९ एसिया छनोटमा नेपालको लगातार तेस्रो जित, हङकङ चीनलाई ९ विकेटले हरायो

काठमाडौं, — राजधानीमा जारी यू–१९ क्रिकेट विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित हात पारेको छ। बुधबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङ चीनलाई ९ विकेटले पराजित गर्दै रनरेटमा पनि उल्लेखनीय सुधार गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको हङकङ चीनले ४६.२ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ११५ रन मात्र बनाउन सक्यो। हङकङका लागि शिव माथुरले संयमित पारी खेल्दै ११६ बलमा ४ चौकासहित सर्वाधिक ६३ रन बनाए। अन्य ब्याट्सम्यानहरू भने दोहोरो अंकमा टिक्न सकेनन्। आर्य पंजवानीले १३ रन, वीर माथुरले १२ रन र ह्यारी थोमस होड्सनले १० रन बनाए।

नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। युवराज खत्रीले ४ विकेट लिए भने बिपिन प्रसाद शर्माले ३ विकेट र सन्तोष यादवले २ विकेट हात पारे। आशोक धामीले पनि १ विकेट लिए। ११६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १२.३ ओभरमै १ विकेटको क्षतिमा ११८ रन बनाउँदै सहज जित दर्ता गर्‍यो। नेपालका लागि शाहिल पटेलले ४१ बलमा ८ चौकासहित ४२ रन तथा नरेन भट्टले २३ बलमा ८ चौकासहित ३९ रन बनाउँदै नटआउट रहे। ओपनर निरज कुमार यादवले पनि १२ बलमा ४ चौका प्रहार गर्दै २३ रन बनाए।

हङकङ चीनका बलरहरूबाट खासै प्रभाव देखाउन सकेनन्। शायन पुरीले मात्र एक विकेट लिन सके भने बाँकी सबै बलरहरू विकेटविहीन रहे। अब नेपालले आफ्नो अन्तिम खेल अफगानिस्तानसँग खेल्नेछ। लगातार तीन जितसहित नेपाल छनोट चरणमा शीर्ष स्थानमा पुग्ने दाबेदार बनेको छ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: