स्वदेशमा पर्याप्त उत्पादन नहुँदा करिब ४२ करोड रुपैयाँको कफी आयात
काठमाडौं । नेपालमा वार्षिक करिब ४२ करोड रूपैयाँको कफी आयात भएको तथ्यांकले देखाएको छ। स्वदेशमै उत्पादन गर्न सकिने प्रचुर संभावना भएको कफी आयात बढ्दो रहेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । विभागका अनुसार मुलुकमा आर्थिक वर्ष २०८०।८१ मा चार सय ४३ मेट्रिक टन कफी आयात भएको छ। आर्थिक वर्ष २०७१।७२ मा ६३.८ मेट्रिक टन कफी आयात भएको विभागको तथ्यांक छ।
नेपालमा कफी संस्कृति बढेसँगै स्वदेशमा उत्पादितले नभ्याएपछि विदेशबाट आयात गर्नुपरेको व्यवसायीहरुको भनाइ छ । पछिल्लो दशकमा कफी आयात करिब सात गुणाले बढेको छ। नेपालको कफी अन्तर्राष्ट्रिय बजारमा प्रतिकिलो २१ सय रूपैयाँ (१६ डलर) मा बिक्री हुने भए पनि यसको खेती फस्टाउन सकेको छैन। नेपालको कफी युरोपेली देश, कोरिया, जापान, अमेरिकालगायत बजारमा बिक्री हुन्छ ।
आर्थिक वर्ष २०८०।८१ मा ४१ करोड ९८ लाख रूपैयाँबराबरको चार सय ४३ मेट्रिक टन कफी आयात हुँदा १४ करोड ९२ लाख रूपैयाँबराबरको ८९ मेट्रिक टन कफी निर्यात भएको छ। नेपालमा अहिले ४३ सय ९ हेक्टरमा कफी खेती विस्तार भएको छ। कुल उत्पादनको करिब १७ प्रतिशत कफी विदेश निर्यात हुने गरेको छ । स्वदेशी बजारमा मागअनुसार स्वदेशी उत्पादन नै आपूर्ति गर्न नसक्दा ठूलो परिमाणमा कफी आयात गर्नुपरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक दीपक खनालले जानकारी दिए ।
बोर्डका अनुसार आव २०७८।७९ मा नेपालमा ३ हजार ३४६ हेक्टर जमीनमा कफीखेती भएकोमा आव २०८०।८१ मा यसको क्षेत्रफल बढेर ४ हजार ३०९ हेक्टर पुगेको छ ।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
- Roshan Shrestha App ले तोड्यो नेपाली एपको रेकर्ड, ३ महिनामै विश्वका ७ देशमा नम्बर १
- भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा पक्राउ परेका दुर्गा प्रसाईका कार्यकर्तामाथि ज्यान मुद्दा
- मंगलबार नेपाली बजारमा सुन र चाँदीको भाउ घट्यो
- कुलमान घिसिङ हटाइए, हितेन्द्र देव शाक्य नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त
- साउदीमा फसेका ४६९ नेपालीको बिषय उठ्यो संसदमा
ताजा समाचार
- बम विस्फोट प्रकरणमा श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
- बहुविवाह मुद्दाको पृष्ठभूमिमा एमाले महाधिवेशनबाट पासाङ शेर्पाको उम्मेदवारी अमान्य
- केन्द्रीय सदस्य उम्मेदवारका पक्षमा गायिका ज्योति मगरको खुला समर्थन
- सुनको मूल्य घट्यो, चाँदी नयाँ उच्चमा
- ओली नेतृत्वको टिमलाई समर्थन, केन्द्रीय सदस्यमा आफ्ना लागि मत माग्दै प्रदीप ज्ञवाली