मकवानपुरको मनहरी गाउँपालिका-६, डिपार्टस्थित पूर्वपश्चिम राजमार्गमा शनिबार दिउँसो १ बजे दुई गाडी ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। वीरगन्जबाट चितवन जाँदै गरेको स्कारपियो (बागमती प्रदेश ०१-०२६ च ५२५०) र चितवनबाट हेटौँडा जाँदै गरेको कार (बा १६ च ८३२४) आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा कार चालक मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४, स्कुलरोडका ६० वर्षीय सुरेन्द्र श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन्। त्यस्तै, कारमा सवार तीन जना र स्कारपियोमा सवार १० जना घाइते भएका छन्। घाइतेहरूको उपचारका लागि नजिकैको अस्पताल लगिएको छ।